Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाघ आइलाग्यो, स्थानीय जाइलागे, बाघ मर्यो

बाघ आइलाग्यो, स्थानीय जाइलागे, बाघ मर्यो

  • 1.1K
    SHARES
  • बाघ आइलाग्यो, स्थानीय जाइलागे, बाघ मर्यो

    काठमाडौं । कास्कीमा बाघको आक्रमणबाट आज दुईजना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका-७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

    यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ । 

    स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij