Logo

२०८३, कार्तिक २ गते आइतवार

२०८३, कार्तिक २ गते आइतवार

चलचित्र ‘जारी’ले पूरा गर्यो सय दिन 

चलचित्र ‘जारी’ले पूरा गर्यो सय दिन 

  • 227
    SHARES
  • चलचित्र ‘जारी’ले पूरा गर्यो सय दिन 

    काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ ।

    श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

    यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौं उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए ।

    उनले सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाएको उनले बताए ।

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म ६ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत  १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।

    ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको बताए ।

    उनले भने, ‘महिला आँटिला र साहसिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन् । उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु ।’

    चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij