Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : मेयर महर्जन

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : मेयर महर्जन

  • 324
    SHARES
  • उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : मेयर महर्जन

    ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

    ललितपुर महानगरपालिकाले आज आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उनले उद्यमीलाई आर्थिक सहयोगको खाँचो रहेकाे औँल्याए ।

    उनले भने, ‘हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौंँ, यसमा उद्यमीलाई समेट्छौँ । नयाँ नौलो कार्यक्रम गर्नूस्, पुँजीको समस्या हुन दिँदैनौंँ, हामी सहयोग गर्छौँ ।’

    उद्यमीलाई आवश्यक व्यावसायिक तालिम लिन सुझाव दिँदै उनले भने, ‘तालिम लिइसकेका व्यक्तिका लागि व्यवसाय प्रवर्द्धन गर्न तीन करोड छुट्याएका छौँं ।’

    प्रमुख महर्जनले उद्यमी सम्मेलनबाट प्राप्त सुझावलाई मार्गनिर्देशनका रूपमा लिएर कार्यान्वयन गर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij