Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गिनीमा इबोला महामारी अन्त्य भएको घोषणा 

गिनीमा इबोला महामारी अन्त्य भएको घोषणा 

  • 668
    SHARES
  • गिनीमा इबोला महामारी अन्त्य भएको घोषणा 

    काठमाडौं । पश्चिम अफ्रिकी देश गिनीको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले इबोला प्रकोप अन्त्य भएको घोषणा गरेको छ । फेबु्रअरीदेखि सुरु भएको प्रकोपमा अहिलेसम्म १६ जनामा संक्रमण भएको र १२ जनाको मृत्यु भएको शनिबार बताएका छन् ।

    गिनीमा इबोला अन्त्यको घोषणा गर्न पाउँदा गौरवान्वित भएको छु, डब्ल्यूएचओका अधिकारी अल्फ्रेड कि-जर्बोले यस वर्षको सुरुमै इबोला प्रकोप सुरु भएको दक्षिण पूर्वी क्षेत्रमा भएको एक समारोहमा भने ।

    स्वास्थ्यमन्त्री रेमी लामाहाले राज्य प्रमुखको नाममा (राष्ट्रपति अल्फा कोन्डे) म गिनीमा इबोलाको दोस्रोपटकको प्रकोप अन्त्य घोषणा गरेको बताए । गिनीमा यस अघि फैलिएको प्रकोप र कंगोको अवस्थाबाट पाठ सिकेर स्वास्थ्य अधिकारीहरुले भाइरस नियन्त्रण दु्रत गतिमा गरेको संगठनले जनाएको छ । 

    फेबु्रअरीमा गिनीमा इबोलाविरुद्ध खोप अभियान सुरु गरिएको थियो । गिनी, सियरा लियोन र लाइबेरियामा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार तीन सय जनाले इबोला संक्रमणबाट ज्यान गुमाएका थिए ।

    इबोला संक्रमण घातक मानिन्छ । यसको संक्रमण हुने मानिसमा ज्वरो आउने, शरीरमा घाउहरु हुने, रगत बग्ने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छ । 

    अफ्रिकामा फेरि फैलियो इबोला, कंगो र गुएनामा ११ जनाको मृत्यु अफ्रिकामा फेरि फैलियो इबोला, कंगो र गुएनामा ११ जनाको मृत्यु

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij