Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

  • 188
    SHARES
  • कोशी प्रदेशको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

    चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको बताएका हुन् ।

    ‘नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ। आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन’, नेता सिंहले भने ।

    सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो ।

    नेता सिंहले भने, ‘कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ ।’ सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भएपनि हस्तक्षेप नहुने उनले जनाए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij