Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु

भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु

  • 201
    SHARES
  • भारतमा धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु

    एजेन्सी । भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य सातजना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

    इस्लामी क्यालेन्डर अनुसार अहिले मुहर्रम महिनामा पर्छ । यो संसारभरका शियाहरूको लागि सबैभन्दा पवित्र समय हो । मुहर्रममा सातौं शताब्दीमा पैगम्बर मुहम्मदका नाति हुसेनको शहादतको प्रतीकको रूपमा ठूलो आशुरा जुलुस निस्कन्छ ।

    बोकारो जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट प्रियदर्शी आलोकले एएफपीलाई बताएअनुसार पूर्वी राज्य झारखण्डमा केही भक्तजनले बोकेको धातुको खम्बामाथिको केबलमा ठोक्किँदा एक जुलुसका सदस्यको मृत्यु भएको हो ।

    उनले भने, ‘उक्त घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।’ भारतमा गर्मी याममा पानी जमेर करेन्ट लाग्ने र यसका कारण धेरैले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    भारतमा हरेक वर्ष करेन्ट लागेर करिब ११ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij