Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

शल्यक्रियापछि क्रिश्चियन एरिक्सन अस्पतालबाट डिस्चार्ज 

शल्यक्रियापछि क्रिश्चियन एरिक्सन अस्पतालबाट डिस्चार्ज 

  • 190
    SHARES
  • शल्यक्रियापछि क्रिश्चियन एरिक्सन अस्पतालबाट डिस्चार्ज 

    काेपनहेगन । डेनिस फुटबलर क्रिश्चियन एरिक्सनलाई एक युरोपेली च्याम्पियनसिप खेलको दौरान हृदयघात भएको एक सातासम्म सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको डेनमार्कको फुटबल संघ डिबियुले भनेको छ ।

    २९ वर्षीय मिडफिल्डर फिनल्यान्डविरुद्ध युरो २०२० खेलको क्रममा मैदानमा बढलेका थिए । उनी ढल्नेवित्तिकै सिपिआर गरिएपछि उनको मुटुको गति पुनः सुरु भयो र थप उपचारका लागि अस्पताल लगिएको थियो ।

    डेनमार्कका मिडफिल्डर एरिक्सन डेनमार्क र फिनल्यान्डबीच ११ जुनमा भएको खेलका क्रममा मध्यान्तरपछि मैदानमा बेहोस भएर ढलेका थिए ।

    डिबियुले ट्विटरमा एरिक्सनलाई सफल अपरेसन पछि कोपेनहेगनको अस्पतालबाट डिस्चार्ज गरिएको छ र बाँकी समय उनी परिवारसँग घरमा बिताउने लेखेको छ । एरिक्सनले पनि आफू अहिले ठिक रहेको बताउँदै आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

    डिबियुले यसअघि एरिक्सनको मुटुको चाल नियमित गर्नका लागि इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) लगाईनेछ बताएको थियो । यसका बावजुद पनि एरिक्सनले खेलबाट बिदा हुने भने छैनन् । 

    अस्पतालबाट डिस्चार्ज भएपछि शुक्रबार एरिक्सन कोपेनहेगन बाहिर हेलसिन्सरमा प्रशिक्षण केन्द्रमा आफ्ना खेल टोलीलाई हेर्न पुगेका थिए, त्यसपछि उनलाई घर लगियो । 

    खेलका क्रममा घाइते फुटबल खेलाडी एरिक्सनको अवस्था स्थिर  खेलका क्रममा घाइते फुटबल खेलाडी एरिक्सनको अवस्था स्थिर 

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology