Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान

  • 169
    SHARES
  • बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान

    बुटवल  । बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

    उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

    विद्यालय, संघसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उहाँले बताए ।

    छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेंगुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

    उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेंगुका संक्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।

    उनले हरेक कार्यालयमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेंगु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए ।

    हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्नसक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकैरूपमा सञ्चालन हुने उन्ले बताए ।

    संक्रमितको तथ्यांक एकीकृतरूपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए ।

    निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेको संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उनले बताए । 

    रूपन्देहीमा ४६ जना संक्रमित फेला परेको अस्पतालले बताए पनि बुटवलमा अहिलेसम्म संक्रमित फेला परेका छैनन् ।

    कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमितरूपमा अभियान सञ्चालन गर्ने बताए ।

    उनले सबैले एकसाथ अभियान सञ्चालन गरेर सङ्क्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताए । उनले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्री तयारी अवस्थामा राख्ने  जानकारी दिए ।

    आवश्यकताअनुसार फिभर क्लिनिक र औषधि उपचारको व्यवस्था गर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij