Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

भक्तपुरमा निःशुल्क काेराेना परीक्षणमा लक्ष्यभन्दा ९० प्रतिशत कम सहभागी

भक्तपुरमा निःशुल्क काेराेना परीक्षणमा लक्ष्यभन्दा ९० प्रतिशत कम सहभागी

  • 501
    SHARES
  • भक्तपुरमा निःशुल्क काेराेना परीक्षणमा लक्ष्यभन्दा ९० प्रतिशत कम सहभागी

    भक्तपुर । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् । 

    images

    नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा संक्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ ।

    अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार तीन सय आठ जनाको मात्रै परीक्षण भएको छ ।

    नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताए । 

    मध्यपुरथिमी नगर क्षेत्रमा एकैपटक १० हजारको कोरोना परीक्षण गरिने मध्यपुरथिमी नगर क्षेत्रमा एकैपटक १० हजारको कोरोना परीक्षण गरिने

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology