मुकेश झा
पर्सा । सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकालाई बालमैत्री पालिका निर्माण गर्न अहिले वर्ल्ड भिजनको साझेदारीमा बाग्मती सेवा समाज पुर्णरूपमा जुटेको छ ।
सर्लाहीको यी दुई पालिका दक्षिणी तथा पुर्वी क्षेत्रमा रहेको कारण शिक्षा स्वास्थ्यमा राम्रै स्थान बनाउन असफल रहेको बेला वर्ल्ड भिजनको सहकार्यमा बाग्मती सेवा समाज, आर आर पिके, माण्डवी लगाएतको संस्थाहरु अहिले हातमा हात मिलाई सहयोग गरिरहेको छ ।
यसै अन्र्तगत वर्ल्ड भिजनको साझेदारीमा बाग्मती सेवा समाजले हरिपूर्वा नगरपालिकाको वडानम्बर ४, पर्सा गाउँपालिकाको वडानम्बर-४ जिगंडवा कविलासी तथा पर्सा- ६ मा बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तर्गत रगत स्थापित बालमैत्री अध्ययन केन्द्रहरूमा ३ लाख मूल्य बराबरको ज्ञानमुलक, कविता,कथा,उपन्यास, तथा बालबालिका सम्बन्धी ३ सयभन्दा बढि पुस्तकहरु सम्बन्धित पालिकाको वालक्लवको प्रतिनिधीहरुलाई बाग्मती सेवा समाज नेपालको कार्यक्रम संयोजक प्रमेश श्रेष्ठले हस्तनान्तरण गरे ।
हरिपूर्वा नगरपालिका तथा पर्सा गाउँपालिका भित्र यस्तो खुल्ला रुपमा पुस्तकालयमा बसेर अध्ययन गर्न पाउने पहिलो पुस्तकालय स्थापना भएपछि बालबालिका हर्षित भएको छन् ।
अहिलेको बालबालिका तथा युवा युवतीहरू समाजिक सञ्जालको दलदलमा फस्दै गइरहेको वेला यो बालमैत्री अध्ययनकेन्द्रले मोवाइल एवं समाजिक सञ्जाल, टिकटक, युटुव जस्ता भयानक रागबाट बचाउन धेरै नै मद्दत गर्ने हरिपूर्वा नगरपालिका वडानम्बर-४ को वडाध्यक्ष नोखेलाल रायले बताए ।
हरिपूर्वा नगरपालिका वडा नम्बर ४ मा बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत विभिन्न बालक्लवको बालबालिकाहरुको लागी निःशुल्क कम्प्युटर तालिमको व्यवस्थापन केहिदिन पहिला नै शुरुवात भैसकेको छ ।
हरिपूर्वा नगरपालिकाको ९ वटा वडा तथा पर्सा गाउपालिकाको ६ वटै वडालाई बालमैत्री वडा बनाउन पालिकाको सम्न्वयमा सहयोग गर्ने अगामी योजना रहेको कार्यक्रम संयोजक प्रमेश श्रेष्ठले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij