वेबटिभी खबर
मोहत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा रहेकाे मरहाखोलाले बगाउँदा बेपत्ता भएका जाबिर अन्सारीकाे आज दिउँसो शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका-१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएकाेमा आज दिउँसो उनको शव सोनमा गाउँपालिका-१ को गोबरहिया गाउँमा फेला परेको हो ।
गाउँको छेउबाटै बग्ने मरहा खोलामा मंगलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उनी बेपत्ता भएका थिए । आज नदीको पानी कम भएपछि उनको शव फेला परेको हो ।
बेपत्ता भएका उनको मंगलबारदेखि नै परिवार तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले खोजी गर्दै आएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij