वेबटिभी खबर
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij