Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निषेधाज्ञाका समयमा पत्रकारकाे परिचयपत्र दुरुपयोग राेक्न माग

निषेधाज्ञाका समयमा पत्रकारकाे परिचयपत्र दुरुपयोग राेक्न माग

  • 489
    SHARES
  • निषेधाज्ञाका समयमा पत्रकारकाे परिचयपत्र दुरुपयोग राेक्न माग

    काठमाडौं । अनलाइन टीभी पत्रकार संघले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । संघका महासचिव पवन फुयालले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारले पत्रकार परिचयपत्रको प्रयोग बढेकोले रोक्न माग गरेका हुन् । 
     
    गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको संघले जनाएको छ ।

    संघले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शंका लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि संघले सबैलाई अनुरोध गरेको छ ।

    साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि संघले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij