मुकेश झा
सर्लाही । सर्लाहीको लखनदेही नदीको पुलमुनी काटेर फालेको पुरुषको टाउकोको पहिचान खुलेको छ ।
टाउको भारतीय नागरिक नागरिक २३ वर्षीय अभिशेष राजको भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
भारत सितामाढी जिल्ला मनियारी घर भएका अभिशेष साउन २० गते साथीसँग घुम्न सर्लाही आएका थिए ।
उनीसँगै सर्लाही घुम्न आएका अन्य तीनजना अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएकाले अभिशेषको हत्या साथीहरूले नै गरेको हुनसक्ने सर्लाही प्रहरीले अनुमान गरेको छ ।
भारतबाट सर्लाही आइपुगेका मृतक अभिशेषका बाबु राम दिवाकर सहित आफन्तले टाउको अभिशेषको भएको पहिचान गरेका थिए ।
मृतक अभिशेषको हत्या गरेर टाउको लखनदेही नदीमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले टाउको भेटिएको आसपासको क्षेत्रमा मृतकको शरिरको बॉकी भागको खोजी गरिरहेको छ ।
हिजो बिहीबार बिहान स्थानीयले काटिएको पुरुषको टाउको बालुवामा छोपिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक अभिशेकसगै नेपाल आएका अन्य तीनजना परिवारको सम्पर्क नआएकाले भारतीय प्रहरीसँग समन्वय गरि थप अनुसन्धान अघि बढाउने सर्लाहीका प्रहरी प्रमुख एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij