Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

  • 196
    SHARES
  • खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

    खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताएका छन् ।

    खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताए ।

    किरातीहरूको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले दाबी गरे ।

    उनले भने, ‘किरात मुन्दुम आफैँमा संगीतबद्ध हुन्छ । खोटाङ किरातीको उद्गम थलो भएकाले पनि गीतरसंगीतमा लाग्ने कलाकारको लागि खोटाङ नर्सरी भएको हो । खोटांगे भएकाले मलाई पनि गर्व लाग्छ । पछिल्लो समय खोटाङबाट धेरै प्रतिभा जन्मिएका छन् । उनीहरूलाई बाटो देखाउनु अग्रजहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

    खोटांगे अग्रज कलाकारले चुमेको शिखरलाई नवप्रतिभाहरूले धानेर राख्नुपर्ने पनि मन्त्री किरातीले नवप्रतिभालाई आग्रह गरे । कला, संस्कार र संस्कृति संरक्षणमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाको विषयमा आफू गम्भीर भएको अगाडि बढेको पनि उनले जानकारी दिए ।

    खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत ‍(यूके)ले संयुक्त रूपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ छनोटको प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सञ्चालन भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij