Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

भोजपुरको सुविधा सम्पन्न रंगशाला प्रयोगविहीन

भोजपुरको सुविधा सम्पन्न रंगशाला प्रयोगविहीन

  • 263
    SHARES
  • भोजपुरको सुविधा सम्पन्न रंगशाला प्रयोगविहीन

    काठमाडौं । तत्कालीन जिल्ला विकास समितिले रंगशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न र‌गशाला निर्माण भएको भएपनि प्रयोगमा भने आउन सकेको छैन ।

    सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न र‌गशाला बनेपछि सहजता होला भनिए पनि र‌गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टु‌गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल स‌घका महासचिव सफल किरातले बताए ।

    उनले भने, ‘प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ ।’

    प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य भइसकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माण गरेको हो ।

    करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताए ।

    सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रंगशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भएपनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ ।

    उनले भने, ‘रंगशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौं लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला लथालिंग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ? निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ?’

    रंगशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रंगशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भने, ‘खेलमैदान सानो हँुदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।’

  • सम्बन्धित विषय:

  • # भोजपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij