Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

  • 141
    SHARES
  • आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : कांग्रेस नेता निधि

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वि.सं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताए ।

    पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै वि.सं २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए ।

    उनले भने, ‘चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ । विसं २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।’

    सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए । कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको संगठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग आग्रह गरे ।

    नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका स्व पिता सोमनाथ ढुंगानाको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन निधि धादिङ आइपुगेका हुन् ।

    नेपाली कांग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागीसमेत सहभागी थिए ।

    सभापति देउवाले पञ्चायती व्यवस्थाको समयमा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकाले कांग्रेसजनले उनलाई प्रेरणाको रुपमा लिनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij