एजेन्सी
नयाँ दिल्ली । दिल्लीबाट आन्तरिक उडानमा पुणे जान थालेको भिस्टारा विमानमा बम भएको खबर आएपछि यात्रुलाई ओरालेर जाँच गर्ने काम भइरहेको छ ।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उड्न लागेको विमानमा बम भएको खबर आएपछि हलचल मच्चिएको थियो ।
बिहान आठ बजे फोनमार्फत बम भएको खबर आएको थियो । सूचना लगत्तै विमानबाट सबै यात्रु र सामान ओरालेर जाँच थालिएको हो । विमानलाई छुट्टै ठाउँमा राखेर जाँच भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij