Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपाली कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

नेपाली कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

  • 197
    SHARES
  • नेपाली कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

    इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन ।

    इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जगनै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

    केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ संगठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको थापाले बताए ।

    नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताए ।

    कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनको भनाइ छ । नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम पुगेका उनले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij