Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्वर्गीय गिरि बिपी पछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

स्वर्गीय गिरि बिपी पछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

  • 237
    SHARES
  • स्वर्गीय गिरि बिपी पछिकै विद्वान समाजवादी चिन्तक : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व प्रदीप गिरि बिपी कोइराला पछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन ।

    स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा आज सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताएका हुन ।

    ‘उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ’, सभापति देउवाले भने ।

    उनले गिरि अत्यन्तै विद्वान व्यक्ति भएको र उनले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । सभापति देउवाले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij