वेबटिभी खबर
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय सम्पादन प्रकृयालाई तिव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार शितलनिवासमा पद तथा गोपनियताको सपश लिएका उनले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो छरितो र विश्वसनीय बनाउने बताएका हुन् ।
उनले भने, ‘न्यायाधीश नियुक्तिको प्रकृया औपचारीक तथा अनौपचारीक रुपमा भोलिबाटै थाल्ने र यसमा नतिजा निकाल्नतर्फ लाग्छु ।’
त्यस्तै उनले सबैभन्दा पहिला पुराना मुद्दाहरुलाई फछ्यौट गरेर जाने नीति लिएको उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij