Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

अभिभावकविहीन छाैं हामी [ब्लग]

अभिभावकविहीन छाैं हामी [ब्लग]

  • 1.1K
    SHARES
  • अभिभावकविहीन छाैं हामी [ब्लग]

    नेपाल विश्वमान चित्रमा एक सुन्दर र शान्त मुलुक हो । यतिमात्र होइन यहाँ बसोबास गर्ने अधिकांश नेपाली खुसी र सुखी पनि उत्तिकै छन् भन्ने सन्देश विश्वका मुलुकहरूमा सम्प्रेषण गर्ने सफल राष्ट्र ।

    images

    अहिले ‘देश बिग्रियो’ भन्ने आवाज धेरै सुनिएको छ । देशव्यापी रुपमा यस्तो आवाज घन्किदै गएको छ । यदि यो आवाजलाई एकीकृत ढंगबाट अगाडि बढाउने हो भने मुलुकमा नयाँ व्यवस्थाको पनि उत्तिकै सम्भावना देखिन्छ ।

    नेपाल धार्मिक तथा ऐतिहासिक एवम् शक्तिशाली मुलुक भएको सर्वबिदितै छ । अधिराज्यमा राजाहरुले राजकाज गरेर प्रजाप्रति गरिने व्यवहार अमानवीय भयो । कम्तिमा पनि अधिकार र कर्तव्यबोध भएन भन्ने कोणबाट केही टाठाबाठाहरुले राजमोह राखेका छन् । 

    मुलुकलाई समेत समन्वयात्मक भूमिका निर्वाह गर्दै अघि बढिरहेको परिप्रेक्ष्यमा राणाहरुको उदय भएको पाइन्छ भने उक्त समयावधिमा विभिन्न गुट उपगुटमा विभाजन हुँदै एकलाई अर्कोलाई खुइल्याउने कुभावनाका साथ राणाहरुले पनि सिंहदरबार र विभिन्न महलहरु छाड्नु पर्ने परिस्थितिको निर्माण भएको हो ।

    राज परिवारवादको विरोधमा उत्रिएका तथा रामराज्य लक्ष्मी र राज्यलक्ष्मीको पुत्र मोहमा खेलेर कोतपर्व , भण्डारखाल हुँदै देखिने तथा गुप्त रुपमा कयौ हत्याकाण्ड राज परिवारमा घटाउँदै राणाहरुको उदयका साथै १०४ वर्षको कालो इतिहासमा राणाहरु समेत पतन भएको इतिहास हामीले पढेका छौं । 

    तत्कालीन समयमा राणाहरूको कमजोरीमा राजनीति गर्ने कांग्रेसीहरु आजको दिनमा आउँदा दाजु भाउजूलाई ढोग चडाउँदै खुइलिसकेको र यस्तो गुट राजनीतिमा भासिएका नेताहरुको पछि लागेर आश भरोसा गर्नु भनेकै आफूले आफैंलाई मूर्ख सावित गर्नु हो भने कांग्रेसीको राजमोह तथा भारतीय सत्तालम्पटले सिमा नाघिसक्यो । 

    वि.सं २००५ सालतिर बाठो बन्दै भारत छिरेर कम्युनिस्ट बनेका पुष्षलाल र तिनले बनाएका संगठन तथा प्रत्येक महाधिवेशनमा चोइटिँदै गएका कम्युनिस्टको नाम दिँदै नयाँ राजनीतिक खुद्रा पसले र ठगी दुई नम्बरी धन्दावाला थोक व्यापारीका कारण मुलुको यो हविगत भएको छ ।

    देशवासीको रोधन र पीडा सिवायक कुनै बाँकी छैन । सायद यस्तै अवस्थामा मुलुक हाक्नेहरुको वुद्धि भ्रष्ट हुने हो भने एक दशकमा मुलुका युवा,विद्यार्थी शिक्षक, कर्मचारी, राष्ट्र सेवकले सायद नेता नामको वस्तुसँग पनि सायद रीस फेर्छन् होला ।

    नयाँ नेपालमा कांग्रेस सबै देश डुबाउने । दाइ समूह र कम्युनिस्ट सबै  कमाउनिस्टमा परिणत भएको हिजो आजका घटनाहरुले नै प्रमाणित भइसको छ । अझैसम्म पनि तत्कालीन माओवादी पार्टीको समूहले ग्रामिण इलाकामा र दूरदराजहरुमा त यतिसम्मको लुट मच्चाएका थिए कि यसको हिसाब न कुनै माओवादी नेताकार्यकताले दिन सकेको छ न त राज्य पक्षले ।

    सबै काम सबैतिरबाट गुमनाम भएको छ । यो अति मर्माहत र दुखद् घटनाको रुपमा लिने गरेको छु । समग्रमा संसदीय व्यवस्था नै गलत हो भनेर ठोकुवा गर्दै सशस्त्र द्वन्द्वकालको जनसरकार सञ्चालनको अनुभव सहित लोकतन्त्र ,गणतन्त्र हुँदै संघीयता सञ्चालनमा अनुभव लिँदै गर्दा आम नेपालीहरुमा पलपलमा के बितिरहेको छ मुलुकका प्रधानमन्त्री पुष्षकमल दाहाल लाई छैन होला ।

    दुःख के हो ? धनी र गरिब कस्तो हुन्छ ? हामी खाएको ८४ भोजन सायद ३ करोड नेपालीले नै खान्छ होला भन्ने वुद्धि भएका माननीय र मन्त्री देख्दा मलाई अचम्म लाग्यो । हामीले देश र देशवासीका नाममा के गर्नु पर्ने हो भन्नेसम्मको पनि अनुभूति गर्न सक्ने चेतना भएको जस्तो लागेन।

    ७५३ वटा स्थानीय सरकार सरकार जस्तो छैन । प्रदेश त केबल भ्रष्टाचार अभ्यास स्थल र कमिसन ट्रेनिङ सेन्टर जस्तो देखिन थालेको छ । २०२८ देखि हालसम्मका सरकार सञ्चालनका जिम्मेवार संस्था र व्यक्तिबाट भए गरेका अदूरदर्शीता,अविवेकिता र अवैज्ञानिकताको प्रकाष्टाको केबल एक मात्र प्रतिनिधिमूलक घटना यहाँ प्रस्तुत गरेको छु ।

    शिक्षा ऐन २०२८ ले शिक्षामा तत् समयावधिसम्म भए गरेका सम्पूर्ण आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने भनेर भनियो । सार्वजनिक शिक्षामा सवलीकरण र सुदृढीकरण गर्दै लैजाने भनियो । सो क्रममा सम्पूर्ण सार्वजनिक विद्यालयहरुमा कम्तीमा पनि एक जना कार्यालय सहयोगी र एक जना सहायका कर्मचारी अर्थात् लेखापालको व्यवस्था भएको हो । तर झण्डै ५२ वर्ष बितिसक्दा पनि शिक्षको केही हदसम्म व्यवस्थापन भएको छ तर कर्मचारीको सन्दर्भमा हालसम्म पनि कुनै खालको हुन सकिरहेको छैन ।

    जसका लागि बेलाबखतमा आन्दोलन सञ्चालन हुने गरेको छ । यसलाई सेफल्याण्डिङ गर्ने कुचेष्टाका बाबजुत आजको दिन मुलुकले देखिरहेको छ । अझै के के हुन, देख्न र देखाउन त बाँकी नै छ र पनि संघीयतामा गरिबले के पाए ? भोका र नाङ्गाले के पाए ? द्वन्द्वपीडिको आज अवस्था के छ ? के निजामती कर्मचारीलाई वैदेशिक ऋणबाट प्राप्त अनुदान रकमले पाल्ने ?

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष भन्छन्, ‘म हुँ विद्यालयको अभिभावक’, वडा अध्यक्ष भन्छन्, ‘म हुँ वडाको अभिभावक’, पालिका प्रमुखहरु भन्छन्, ‘म नवराजा’, प्रदेश मुख्यमन्त्री भन्छन्,‘म हुँ प्रदेशको अभिभावक’ र संघीय प्रधानमन्त्री, मन्त्री र मन्त्रीहरु भन्छन्,‘मै हुँ अभिभावक’ र राष्ट्रपति भन्छन्, ‘म बाहेक अर्को कुनै छैन प्रमुख’ तर अभिभावकले निवार्ह गर्नुपर्ने भूमिका बारेमा सोध्दा खै उत्तर ? खै जिम्मेवारी ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology