Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गर्मीमा आँखालाई संक्रमणबाट यसरी जोगाऔं

गर्मीमा आँखालाई संक्रमणबाट यसरी जोगाऔं

  • 889
    SHARES
  • गर्मीमा आँखालाई संक्रमणबाट यसरी जोगाऔं

    काठमाडाैं । हाम्रो शरिरका विभिन्न अंगहरुमध्ये आँखा महत्वपूर्ण र संम्वेदनशिल अंग हो । आँखाको कारण हाम्रो वरिपरि के भइरहेको छ भनेर प्रत्यक्ष हेर्न र अनुभव गर्न पाउँछौँ ।

    आँखाको विभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । विशेषत यो समस्या मौसम परिवर्तनको समय र गर्मीयाममा बढी हुनेगर्छ । आँखा रातो भएमा, निरन्तर आँसु बग्न थालेमा, आँखाको ढकनी सुन्निएमा, कचेरा लागेमा, घाममा हेर्न गाह्रो भएमा आँखा पाक्न सुरु भएको भन्ने बुझ्नुपर्छ । कुनैवेला टाढाको कुरा स्पष्ट देख्न नसक्नु पनि आँखा पाक्ने संकेत हुन् । 

    सामान्य बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको बिरामी हुनु हो । आँखामा समस्या आएपछि सुरुमा परीक्षण नगरि जथाभावी औषधि हाल्नु हुँदैन । जिवाणुको पत्ता लगाउन आँखा विशेषज्ञकोमा गई परीक्षण गराउनु पर्छ । कचेराको परीक्षण पश्चात कुन जिवाणुको संक्रमणबाट आँखा पाकेको पत्ता लगाई त्यही अनुसार औषधिको प्रयोग गर्नुपर्छ । 

    आँखालाई असर नगर्ने औषधिको प्रयोग गर्ने, कचेराहरु सफा गर्ने, जथाभावी हातले आँखा नछुने, बिरामीले प्रयोग गर्ने रुमाल, सुत्ने सिरानी छुट्टै राख्ने, दिनहुँ दुईपटक सफा चिसो पानीले आँखा सफा गर्ने, घरबाहिर निस्किँदा घाम र धुलोबाट आँखालाई जोगाउन चस्माको प्रयोग गर्ने गर्नुपर्छ । साथै मोबाइल, कम्प्युटर लगातार हेर्नुहुँदैन । 

    लामो समयसम्म कम्प्युटरमा काम गर्ने व्यक्तिले एकनासले कम्प्युटरको स्क्रिनमा हेर्नुहुँदैन । आँखाको परेलीलाइ तलमाथि गरिराख्नु पर्छ । यसको कारणले आँखामा सुख्खापन हुन पाउँदैन ।

     आँखाको सरसफाइमा नियमित ध्यान दिन सके यो समस्या एक वा दुई हप्तामा आफैं निको भएर जान्छ ।

     

     

  • सम्बन्धित विषय:

  • # आँखा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij