Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आठ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

आठ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

  • 260
    SHARES
  • आठ सयले बढ्यो सुनको मूल्य, चाँदी कति ?

    काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला आठ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय ५० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij