Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

क्यान्सर पीडितको उपचारका लागि अक्षयकोष स्थापना

क्यान्सर पीडितको उपचारका लागि अक्षयकोष स्थापना

  • 286
    SHARES
  • क्यान्सर पीडितको उपचारका लागि अक्षयकोष स्थापना

    स्याङ्जा । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन ।

    आँधीखोला गाउँपालिक-३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा आठ लाखको अक्षयकोष स्थापना गरेका हुन । उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे ।

    पौडेलले आफ्ना बुबा स्व.टीकाराम पौडेल, आमा स्व.हरिकला पौडेल र धर्मपत्नी स्व.लीलादेवी पौडेलको स्मृतिमा ‘हरिटिका लीला स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरेका हुन ।

    आँधीखोला गाउँपालिका मातहतको सेतीदोभान आधारभूत अस्पतालमा स्थापना भएको अक्षयकोष गाउँपालिकामार्फत सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए।

    ‘गाउँपालिकाले कार्यविधि बनाइसकेकाले सोही कार्यविधिमा टेकेर पहिलो चरणमा क्यान्सर पीडित विपन्न नागरिकलाई सहयोग गर्छौं’, गाउँपालिका अध्यक्ष पौडेलले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij