Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

चुनावका बेला जनतासँग गरेको वाचा पुरा गर्दै समाजसेवी नरेन्द्र साह  

चुनावका बेला जनतासँग गरेको वाचा पुरा गर्दै समाजसेवी नरेन्द्र साह  

  • 534
    SHARES
  • चुनावका बेला जनतासँग गरेको वाचा पुरा गर्दै समाजसेवी नरेन्द्र साह  

    सर्लाही । चुनावका बेला जनताको मन जित्न उम्मेदवारले धेरै किसिमका प्रतिवद्धता व्यक्त गर्छन । तर चुनावपछि ती प्रतिवद्धता विर्सने गरेको आम जनताले गुनासो गरेको जताततै सुन्न पाइन्छ । यसै कारण पनि जनप्रतिनिधिसँग जनता टाढिने गर्छन ।

    images

    तर चुनाव हारेर पनि आफूले जनतासँग गरेको प्रतिवद्धतालाई पुरा गर्ने अभियानमा लागेका छन–सर्लाहीको संसदीय क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका समाजसेवी नरेन्द्र साह । सो क्षेत्रबाट गत संसदीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका साहले चुनावी नतिजा जे भए पनि आफूले गरेको प्रतिवद्धता पुरा गर्न सुरु गरेका हुन् । 

    चुनाव जितेर पनि प्रतिवद्धता पुरा नगर्ने जनप्रतिनिधिका कारण हैरान भएका जनता साहको कामबाट भने दंग परेका छन् । साहले चुनावका बेला घरदैलोमा जाँदा त्याहाँका जनताले सार्वजनिक ठाउँमा सफाइ गर्न घाँस तथा बुट्यान काट्दै गरेको देखे । धेरै ठाउँमा गाउँलेसँगै सरसफाइमा उनी पनि जुटे । त्यही बेला उनले सार्वजनिक सडक, ग्रामिण सडक र बस्ती आसपास घाँस तथा बुट्याउनले बनाउने फोहोर सफा गर्न मेशिन उपलब्ध गराउने वाचा गरे । सोही वाचाअनुसार साहले हरिवन नगरपालिकालाई घाँस तथा बुट्यान काट्ने मेशिन हस्तान्तरण गरेका छन् । 

    sah-narendra-1.jpg
    हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकीलाई सफाइ मेशिन हस्तान्तरण गर्दै नरेन्द्र साह (बायाँ)

    डेंगु तथा अन्य जिवाणुका कारण सरुवा रोगहरु बढ्दै गएका बेला गाउँबस्ती सफा राख्ने उपकरण गाउँगाउँमा पुग्दा जनतालाई धेरै राहत पुगेको छ । साहले सोही निर्वाचन क्षेत्रमा पर्ने हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी ‘कमल’लाई तीन थान सफाइ उपकरण हस्तान्तरण गरेका छन् । 

    मेयर बुढाथोकीले धेरै मानिसले गर्नु पर्ने काममा उपकरण प्रयोगपछि धेरै सहज हुने बताए । ‘उपकरणको प्रयोग गर्दा नगरलाई जतिबेला पनि स्वच्छ र सफा राख्न ठूलो मद्दत पुग्छ,’ बुढाथोकीले भने, ‘यसले गाउटोल सफा हुने मात्र नभई रोगको संक्रमणबाट पनि जनतलाई बचाउन मद्दत गर्छ । यो स्वास्थ्य र सफाइ दुबै प्रयोजनका लागि अत्यन्त उपयुक्त छ । 

    बुढाथोकीले चुनाव हारेर पनि जनतासँग गरेको प्रतिवद्धताअनुसार सफाइका लागि अत्यावश्यक मेशिन उपलब्ध गराउनुलाई राजनीतिक इमान्दारीको संज्ञा दिए । ‘नरेन्द्र जीले राजनीतिक इमान्दारी देखाउनु भएको छ,’ उनले भने, ‘उहाँले जनतासँग गरेको वाचा कुनै हालतमा विर्सनु हुँदैन भन्ने एकदमै सकारात्मक सन्देश दिनु भएको छ । सम्पूर्ण नगरबासी र क्षेत्र नम्बर ३ का जनताको तर्फबाट म नरेन्द्र जीलाई धन्यवाद दिन्छु र सबै नेतालाई जनतासँगको प्रतिवद्धता पुरा गर्न यो उदाहरणले प्रेरित गर्ने विश्वास लिएको छु ।’

    मेशिनले सहजै र छिटो घाँस तथा बुट्यान काट्छ । यसको प्रयोगपछि कम जनशक्तिमै सहजै सफाइ गर्न सकिन्छ । साहले यस्तै मेशिन आफू उम्मेदवार भएको क्षेत्रमा पर्ने बरहथवा नगरपालिका, बागमती नगरपालिकालाई पनि हस्तान्तरण गर्दैछन् । 

    ‘मेरो क्षेत्रमा पर्ने ५१ वटै वडामा सफाइका लागि यो मेशिनको क्रमशः पुर्याउने योजना छ,’ साहले भने भने, ‘जनतासँग गरेको वाचालाई पुरा गर्नुपर्छ भन्ने मेरो दृढ मान्यता हो । चुनावी नतिजा जे भए पनि जनतालाई नेताले ढाँट्नु हुँदैन र वाचा पुरा गर्न प्रयत्नरत रहनुपर्छ ।’

    संविधानसभा सदस्यसमेत रहेका साह समाजसेवीको रुपमा जिल्लामा परिचित छन् । उनले कोरोना कहरका बेला पनि सर्लाहीमा मास्क, सेनिटाइजरजस्ता सामान उपलब्ध गराएर जनतालाई रोगको जोखिममा पर्नबाट जोगाउन सहयोग गरेका थिए । त्यसैगरी गाउँघरको बाटोघाटो बिग्रँदा पनि उनले आफ्नो व्यक्तिगत खर्चमा मर्मतजस्ता काम गर्दै आएका छन् । सुरक्षा निकायलाई गस्तीका लागि साइकल उपलब्ध गराउनेदेखि जुनसुकै परिस्थितिमा पनि सहयोगलाई निरन्तरता दिएकाले जनताबीच उनको लोकप्रियता बढ्दै गएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology