Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

  • 382
    SHARES
  • संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

    रूकुम । रूकुम पूर्वको सदरमुकाम रूकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रूकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो ।

    प्रधानान्यायधिश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरीप्रशाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह रावतको इजलासले जिल्ला सदरमुकाम रूकुमकोट कायम गरेको हो ।

    विसं २०७४ माघ ११ गते तत्कालीन शेरबहादुर देउवा सरकारले रूकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा-१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।

    सरकारको निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त मुद्दाको संवैधानिक इजलासबाट सुनाइ गर्दै रिट आदेश भएको हो ।

    रूकुम पूर्व ६ वर्षदेखि सदरमुकामको विषयमा टुंगो नलाग्दा सरकारी कार्यालय निर्माणदेखि अन्य काममा अन्यौता भएको थियो । आज संवैधानिक इजलासबाट रिट आदेश आएसँगै जिल्ला सदरमुकामको विवाद टुंगो लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij