Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पर्यावरणका हिसाबले गोदावरी देशकै नमूना ठाउँ हो : मन्त्री किराती

पर्यावरणका हिसाबले गोदावरी देशकै नमूना ठाउँ हो : मन्त्री किराती

  • 193
    SHARES
  • पर्यावरणका हिसाबले गोदावरी देशकै नमूना ठाउँ हो : मन्त्री किराती

    ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् ।

    गोदावरी नगरपालिका–३ कार्यालयले आज यहाँ आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे ।

    उलने भने, ‘गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो । जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।’

    यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्ने भन्दै उनले जोड दिए । मन्त्री किरातीले पछिल्लो समय डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यावसायिक र प्रहरीको सहभागिता थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij