Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद 

ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद 

  • 636
    SHARES
  • ब्राजिलमा भारतीय कोरोना खोप खरिदमा विवाद 

    ब्राजिलिया । समाचार संस्था रोयटर्सको एक रिपोर्टअनुसार ब्राजिलको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राष्ट्रपति जयर बोल्सोनारोलाई भारतले निर्माण गरेको कोभ्याक्सिन खरिद गर्नका लागि दबाव दिइएको थियो । बैठकमा उपस्थित एक सांसदले यसबारे रोयटर्सलाई बताएका छन् ।

    एक सिनेट प्यानलले ब्राजिलमा कोरोना महामारीको उपचार र नियन्त्रणमा सरकारले कत्तिको प्रभावकारी काम गरिरहेको छ भनेर अनुसन्धान गरिरहेको छ। बुधवार, यस प्यानलले लजिस्टिक विभागका अधिकारी लुइस रिकार्डो मिरान्डालाई सोधपुछका लागि बोलाएको थियो ।

    गत वर्ष फाइजरको प्रस्तावलाई अस्वीकार गरेको ब्राजिलको सरकारले किन भारतबाट महंगोमा खोप खरिद गर्न सम्झौता गर्यो भनेर सिनेट कमिटी र अभियोजकहरूले अनुसन्धान गरिरहेका छन् । मिरान्डाले आफूलाई राष्ट्रपति बोल्सोनारोका निकट पूर्वस्वास्थ्य मन्त्री एडवर्डो पाजुएलोका घनिष्ठ सहयोगी एलेक्स लायल मारिनोले दबाव दिएको अनुसन्धान समितिसँग बताएका छन् ।

    मिरान्डाको भनाई सबैभन्दा अगाडि ओ ग्लोबो पत्रिकामा बुधबार छापिएको थियो । यसमा मिरान्डा २० मार्चमा राष्ट्रपति बोल्सोनारोसँग गएर गुनासो पोखेका थिए । मिरान्डाले आफूसँग यसबारे कागजातहरु प्नि रहेको बताएका छन् ।

    मिरान्डाका अनुसार बोल्सोनारोले यस विषयमा संघीय प्रहरीसँग कुरा गर्ने आश्वासन दिएका थिए । मिरान्डाका भाइ एवं सांसद लुइस मिरान्डाले यो राष्ट्रपति र मिरान्डाबीचको बैठक रोयटर्ससँग पुष्टि गरे । यद्यपि ब्राजिलको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यसबारे केही भनेको छैन ।

    मिरान्डाले भनेका छन्, 'यो जनताको पैसा बर्बाद गर्ने खुला प्रयास हो ।' यद्यपि बुधवार राष्ट्रपति बोल्सनोरोका सचिव ओनिक्स लोरेन्जोनीले भने यी आरोपहरु नक्कली कागजातमा आधारित रहेको प्रतिक्रिया जनाएका छन् । यो अनुसन्धानले राष्ट्रपति बोल्सोनारोका लागि अप्ठेरो पर्न सक्छ । योसँगै आपराधिक अनुसन्धानको सामना गरिरहेका पाजुएलोका लागि पनि कठिनाइहरू बढ्नेछन् ।

    ब्राजिलमा कोरोना भाइरसबाट अमेरिकापछि विश्वमै सबैभन्दा बढी मृत्यु भएको छ । पाँच लाखभन्दा बढी व्यक्तिहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । ब्राजिलका संघीय वकिलहरूले भारत बायोटेकसँग दुई करोड डोज खोप खरिदका लागि ३२ करोड डलर तिर्ने गरी भएको सम्झौताबारे अनुसन्धान सुरु गरेका छन् ।

    अनुसन्धानकर्ताहरुले भारतले ब्राजिललाई मंहगो मूल्यमा खोप किन्न बाध्य पारेको भन्ने बुझेका छन् । भारत बायोटेकले विदेशी सरकारका लागि कोभ्याक्सिनको प्रति डोज १५ देखि २० डलर रहेको र यसमा फेरबदल नगरिएको बताएका छन् । यस मुल्यमा ब्राजिलले फेब्रुअरीमा नै भारत बायोटेकसँग सम्झौतामा हस्ताक्षर गरेको थियो तर भारत बायोटेकका अनुसार खरीद आदेश स्पष्ट नभएकोले खोपको कुनै पनि डोज पठाइएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij