Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रौतहटमा एमाले र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

रौतहटमा एमाले र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

  • 2.3K
    SHARES
  • रौतहटमा एमाले र माओवादी कार्यकर्ताबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

    काठमाडाैं । रौतहटको मौलापुर नगरपालिकाको बिहीबार जारी नगरसभामा दुई पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको छ ।  पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह उपस्थित थिए ।

    साह पक्ष र नेकपा माओवादी केन्द्रसहित विपक्षी दलका कार्यकर्ताबीच झडप भएको हो । नगरपालिकाकी मेयर रीनाकुमारी साह प्रभु साहकी पत्नी हुन्, उनलाई एमालेमा लागे भन्दै ७ असार (सोमबार) मात्रै माओवादी केन्द्रले कारबाही गरिसकेको छ ।

    प्रभु साह पनि नेकपा ब्युँतिएपछि एमालेमै रहेका छन् । एमालेमा लागेका पती-पत्नी नै सहभागी भएर नगरसभाको बैठक चलाएकाले माओवादीका नेता तथा कार्यकर्ता आक्रोशित भएपछि झडप भएको नगरपालिकाका जनप्रतिनिधिले जानकारी दिए । 

    नगरसभामा बजेट पेश गर्ने तयरीकै बीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए । प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ । केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए । सांकेतिक तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij