वेबटिभी खबर
काठमाडौं । बिहीबार गृहजिल्ला कालिकोट पुगेका कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेका स्थानीय कार्यकर्ताले कालोझण्डा देखाएर विरोध जनाएका छन् ।
स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि एमालेसम्वद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ । अनेरास्ववियुका कार्यकर्ताबाट कालोझण्डा खोसेको र विरोध प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका छन् । नेकपाबाट एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि यसअघि पनि मुख्यमन्त्री शाहीलाई एमाले कार्यकर्ताले पटक-पटक कालोझण्डा देखाउने र उनको विरोध गर्दै आएका छन् । मुख्यमन्त्री शाही माओवादीनिकट हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij