Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति

राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति

  • 805
    SHARES
  • राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्ति गरेकी छिन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुस्लिम आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेकी हुन् । संवैधानिक परिषद्ले २६ वैशाखमा सिफारिस गरेका २० पदाधिकारीलाई नियुक्त गरिएको हो ।

    संवैधानिक परिषद्ले सिफारिस गरेपछि पदाधिकारीहरुको संसदीय सुनुवाई हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले  नियुक्त  गर्ने संवैधानिक व्यवस्था भए पनि यी सदस्यहरु संसदीय सुनुवाई बिना नै नियुक्तिमा परेका छन् ।  हाल प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति चालु नरहेको भन्दै उनीहरुको सीधै नियुक्ति भएको हो ।

    क-कसले पाए नियुक्ति ?  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    हरि पौडेल, सदस्य

    सुमित्रा श्रेष्ठ, सदस्य

    निर्वाचन आयोग

    सगुनशम्शेर जबरा, सदस्य

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    विपिनराज निरौला, सदस्य

    लोकसेवा आयोग

    माधवप्रसाद रेग्मी, अध्यक्ष

    माधव बेल्बासे, सदस्य

    वीरबहादुर राई, सदस्य

    दिनेश सिलवाल, सदस्य

    मञ्जुकुमारी, सदस्य

    राष्ट्रिय महिला आयोग

    जया घिमिरे, सदस्य
    सावित्राकुमारी शर्मा, सदस्य
    सुन्दर पुर्कोटी, सदस्य

    राष्ट्रिय समावेशी आयोग

    रामकृष्ण तिमल्सेना, अध्यक्ष
    पुष्पराज तिमिल्सिना, सदस्य
    मानप्रसाद खत्री, सदस्य

    आदिवासी जनजाति आयोग

    सुर्यबहादुर गुरुङ, सदस्य

    मधेसी आयोग

    आभाकुमारी, सदस्य

    थारु आयोग

    उमाशंकर प्रसाद चौधरी, सदस्य
    शान्ति मोदी, सदस्य

    मुस्लिम आयोग

    मोहम्मद समशुल हक, सदस्य

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij