Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

  • 205
    SHARES
  • १९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

    काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ ।
    आज साँझ भएको खेलमा नेपाल जापानसित ८-० गोलअन्तरले पराजित भएको हो ।

    जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो ।

    समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् ।

    यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५-० गोलको फराकिलो अग्रता दिलाइन् ।

    जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो । खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई  ७-० गोलको अवस्थामा पुर्याइन ।

    यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८-० गोलअन्तरको जित दिलाइन् ।

    जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८-० गोलअन्तरले पराजित गरेको थियो । यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो ।

    नेपाल भियतनामसित २-० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो ।

    समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ ।

    यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij