Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सन् २०१९ को अक्टुबरदेखि नै फैलिएको थियो कोरोना 

सन् २०१९ को अक्टुबरदेखि नै फैलिएको थियो कोरोना 

  • 638
    SHARES
  • सन् २०१९ को अक्टुबरदेखि नै फैलिएको थियो कोरोना 

    लन्डन । बेलायतका अनुसन्धानकर्ताहरुले एक अध्ययनपछि चीनमा कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिले अक्टुबर २०१९ मा भेटिएको अनुमान लगाएका छन् । बेलायतको युनिभर्सिटी अफ केन्टका अनुसन्धानकर्ताले एक मेडिकल जर्नलमा आफ्नो अध्ययन रिपोर्ट प्रकाशित गरेका छन् ।

    यसमा कन्जर्भेसन साइन्सको तरिकाबाट अध्ययनकर्ताहरुले सार्स-कोभिड-२ भाइरस अक्टुबरदेखि मध्य नोभेम्बर २०१९ को बीचमा भेटिएको बताएका हुन् । चीनको प्रशासनका अनुसार कोभिड-१९ को पहिलो केस डिसेम्बर २०१९ मा पुष्टि भएको थियो । भाइरसका सुरुवाती संक्रमितहरु सिफूड मार्केटसँग सम्बन्धित रहेको बताउँदै आएका छन् । 

    तर बेलायती अनुसन्धानकर्ताहरूले नोभेम्बर २०१९ मा पहिलोपटक कोरोना भाइरसले कुनै व्यक्तिलाई संक्रमित गरेको हुन सक्ने उच्च सम्भावना छ, जसका कारण सन् २०२० को जनवरीसम्म विश्वका धेरै देशमा फैलियो । भाइरस उत्पत्तिको सिफूड मार्केटसँग कुनै सम्बन्ध नरहेको र यो  पहिले नै फैलिएको अध्ययनकर्ताले बताएका छन् ।

    यसअघि मार्च महिनामा विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको एक संयुक्त अध्ययन रिपोर्टमा वुहानमा कोरोना भाइरसको व्यापक संक्रमण फैलिनुभन्दा अघि नै छिटपुट रुपमा मानिसहरुमा फैलिएको हुन सक्ने बताएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij