Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

  • 430
    SHARES
  • भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    काठमाडौं । यु-१९ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वोरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    यससँगै साफ यु-१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ को साफ च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको थियो ।

    भारतको जितमा मालिङथन किप्गेनको दुई गोल गरे भने गोगमसिर गोयारीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा किप्गेनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाए ।

    त्यस्तै उनैले खेलको  ८५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि गोगमसिर गोयरीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरे ।

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij