Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बन्द भयो हङकङको २६ वर्ष पुरानो पत्रिका 

बन्द भयो हङकङको २६ वर्ष पुरानो पत्रिका 

  • 641
    SHARES
  • बन्द भयो हङकङको २६ वर्ष पुरानो पत्रिका 

    हङकङ । हङकङको २६ वर्ष पुरानो लोकतन्त्र समर्थक पत्रिका एप्पल डेली बन्द भएको छ । बिहीबार एप्पल डेलीको अन्तिम अंक प्रकाशन भएको छ । पत्रिकाको पहिलो पानामा एक कर्मचारीले आफ्ना समर्थकलाई हात हल्लाएको तस्बिरसहित समाचार प्रकाशित गरिएको थियो । उक्त समाचारकाे शीर्षक राखिएकाे थियाे, 'हङकङवासीहरुले वर्षामा पीडादायी विदाइ गरे ।'

    पत्रिका बन्द हुने अन्तिम दिन मानिसहरू मध्य राति नै कार्यालयमा पुगेका थिए । बिहान ८ बजेसम्म पत्रिकाकाे अन्तिम अंक १० लाख प्रति बिक्री भइसकेकाे थियाे । यसअघि पत्रिका हरेक दिन ८० हजारमात्रै प्रकाशित हुन्थ्याे । 

    पत्रिकाका पाँच सम्पादक तथा कार्यकारी अधिकारीलाई गिरफ्तार एवं पत्रिकाको २३ लाख डलर सम्पत्ति जफत गरेपछि पत्रिका बन्द गर्ने निर्णय गरिएको थियो । पत्रिकाको निर्देशक मण्डलले बुधबार एक विज्ञप्ति जारी गर्दै हङकङमा अहिले स्थितिमा पत्रिका प्रिन्ट तथा अनलाईन संस्करण दुवै शनिबारदेखि बन्द हुने बताएको थियो ।

    राष्ट्रिय सुरक्षालाई खतरा पुग्ने गरी बाह्य स्रोतसँग सम्पर्क बढाएको आरोपमा सम्पादक र कार्यकारी अधिकारी पक्राउ परेका हुन् । प्रहरीले पत्रिकामा प्रकाशित ३० भन्दा धेरै लेखलाई प्रमाणको रुपमा लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij