Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सरकारलाई एमाले अध्यक्ष ओलीको आरोप–अनुत्तरदायी र विकास विरोधी

सरकारलाई एमाले अध्यक्ष ओलीको आरोप–अनुत्तरदायी र विकास विरोधी

  • 194
    SHARES
  • सरकारलाई एमाले अध्यक्ष ओलीको आरोप–अनुत्तरदायी र विकास विरोधी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई नियाल्दा सुशासन हुँदै नभएको र विकास विरोधी भएको बताएका छन् । 

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, माओवादी नेतृत्वको सरकार कस्तो देखिएको छ भन्ने सबैलाई थाहा भएको बताए । ‘भन्न मिल्नु नमिल्नु, भन्न सक्नु नसक्नु बेग्लै कुरा हो,’ उनले भने ।

    वर्तमान सकारलाई उनले चरम अनुत्तरदायी, अनुदार, स्वेच्छाचारी र विकास विरोधी भएको आरोप लगाए । 

    ‘विकासका काम ठप्प पारिएका छन । काम गरेको आयोजनामा भुक्तानी दिइएको छैन । भुक्तानी नदिएपछि भयावह अवस्था सृजना भएको छ,’ ठेकेदारहरुले भुक्तानी नपाएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘उनीहरुले ऋण तिर्न सकेका छैनन् । सामान लिएको ठाउँमा भुक्तानी दिन सकेका छैनन् । उनीहरुले बैंकको ऋण तिर्न सकेका छैनन, कालो सूचीमा परेका छन् । उनहरुको धरौटी तथाकथित लिलाम भएर जफत हुने स्थिति भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij