Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इजरायलमा निधन भएका विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने

इजरायलमा निधन भएका विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने

  • 202
    SHARES
  • इजरायलमा निधन भएका विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने

    काठमाडौं । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाको शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने भएको छ ।

    शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज राति इजरायलतर्फ जाने विमानमा शव ल्याउने सम्भावना छैन । 

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षितरुपमा राखिएका छन् । शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका छौँ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।’

    इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सम्बन्धमा परराष्ट्रमन्त्री साउदले मंगलबार इजरायलका समकक्षी एली कोहेनसँग सम्पर्क गरी घटनाका सम्बन्धमा दुःख प्रकट गरेका थिए ।

    साथै उनले यस कठिन घडीमा इजरायल सरकार र इजरायली नागरिकप्रति नेपाल सरकार र नेपालीको साथ रहेको जानकारी गराएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij