Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

  • 182
    SHARES
  • यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

    काठमाडौं । सरकारले नेपालीहरूको महान् पर्व बडादशैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।

    रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ ।

    रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन् ।

    सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ ।


    दशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ । प्रत्येक वर्ष काठमाडौंबाट दशैँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सवारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij