Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

  • 155
    SHARES
  • पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

    वीरगञ्ज । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको  छ ।

    राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो ।

    वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए ।

    यसअघि नेपालगञ्ज, धरान, सर्लाहीलगायत छिमेकी जिल्लामा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

    हिन्दूहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

    चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातिको समयमा मादकपदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावतसमेत बाक्लो हुने गर्दछ । 

  • सम्बन्धित विषय:

  • # चाडपर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij