Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दशैँमा चंगा उडाउने संस्कृति हरायो

दशैँमा चंगा उडाउने संस्कृति हरायो

  • 600
    SHARES
  • दशैँमा चंगा उडाउने संस्कृति हरायो

    रामपुर । दशैँका बेला चंगा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दशैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको  छ ।

    विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चंगा उडाउँदा दशैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताए ।

    उनले भने, ‘चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पु¥याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चंगा उडाउने गरेको देखिनै  छोडयो ।’

    खुला आकाशमा चंगा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दशैँमा चंगा उडाउने संस्कृतिबारे जानकारी नै छैन । 

    पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दशैँका बेला चंगा बनाएर देखाउन थालिएको छ ।

    खुला आकाशमा चंगा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताए ।

    जोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चंगा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन् ।

  • सम्बन्धित विषय:

  • # दशैं

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij