Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विप्लव नेतृत्वको माओवादीले गर्यो रक्तदान

विप्लव नेतृत्वको माओवादीले गर्यो रक्तदान

  • 962
    SHARES
  • विप्लव नेतृत्वको माओवादीले गर्यो रक्तदान

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) (विप्लव समूह) ले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

     कोरोना भाइरसको संक्रमणका कारण ब्लड बैंकहरूमा देखिएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले विप्लव समूहले काठमाडौंस्थित सोल्टीमोडमा रहेका नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।

    कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेको पार्टी नेता माइला लामाले जानकारी दिए । ‘विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ लामाले भने ।

     विप्लव समूहले आगामी दिनमा अन्य सामाजिक कार्य सञ्चालन गर्ने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij