Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

‘दशैँ नेपालीको साझा चाड’

‘दशैँ नेपालीको साझा चाड’

  • 290
    SHARES
  • ‘दशैँ नेपालीको साझा चाड’

    झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् ।

    वडादशैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उनले दशैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दशैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए ।

    अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दशैँले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे ।

    उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गरे । एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दशैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दशैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताए ।

    एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले संकटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकीर गरे ।

    उनले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # दशैं

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij