Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तनहुँको म्याग्देमा दश शैयाको अस्पताल

तनहुँको म्याग्देमा दश शैयाको अस्पताल

  • 240
    SHARES
  • तनहुँको म्याग्देमा दश शैयाको अस्पताल

    तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ ।

    उक्त पालिकाले ६ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ ।

    यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    म्याग्दे गाउँपालिका-४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अस्पताल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij