वेबटिभी खबर
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ६ देखि १० गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ जान लागेका छन् ।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।
प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार संघीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij