वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकामा १६ वैशाखबाट विभिन्न मोडलमा जारी निषेधाज्ञाको अबको मोडल कस्तो बनाउनेबारे छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ । बैठकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नेबारे छलफल भएको छ ।
यसअघि ६ असारमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा ७ गतेदेखि १४ गतेसम्म निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको थियो । सो समय सोमबार (मध्यरात) बाट सकिँन लागेसँगै उपत्यकाका तीनै जिल्लाका प्रमुखहरु संयुक्त बैठकमा जुटेका हुन् ।
७ असारबाट लागु भएको निषेधाज्ञाले निजी सवारी साधनलाई जोरबिजोर गरेर चलाउन दिने, खाद्यान्न, किराना, डिपार्टमेन्टल स्टोर, साडी पसल, फेन्सी पसल, दूध डेरी, मासु पसल र मोटरसाइकल वर्कशप र निर्माण क्षेत्रमा सञ्चालन हुने सवारीलाई समय तोकर चल्न दिने निर्णय गरेको थियो । आइतबार (आज) बसेको बैठकले यी सबै क्षेत्रका साथै सार्वजनिक सवारीलाई पनि सञ्चालन गर्न दिने निर्णय गर्नसक्ने सम्भावना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij