वेबटिभी खबर
ओट्वा । उत्तर पश्चिम अमेरिका र क्यानडाका केही भागमा गर्मी बढेकेा छ । जाडो मौसममा शून्यभन्दा पनि कम तापक्रम हुने अधिकांश क्षेत्रमा यतिखेर गर्मीले रेकर्ड कायम गरेकाे हाे । अमेरिकी राष्ट्रिय मौसम विभागले वाशिंटन र ओरेगन राज्यमा गर्मी अझै बढ्न सक्ने चेतावनी दिएको छ ।
गर्मीबाट क्यालिफोर्निया र इडाहोका केही क्षेत्र पनि प्रभावित भएका छन् । अमेरिकी राज्य ओरेगनतको मुल्नोमाह काउन्टीमा ‘घातक गर्मी’ हुने चेतावनी दिइएको छ । मानिसहरूलाई गर्मीबाट राहत दिन केही सहरहरूले चिस्यान केन्द्रहरू खोलिदिएका छन, त्यहाँका बासिन्दाहरूले तिनै एसी भवनमा गर्मीबाट राहत पाउन सक्छन् ।

विज्ञहरूकाे भनाइमा उत्तरपश्चिमी अमेरिका र क्यानडामा जलवायु परिवर्तनका कारण चिसो हुने क्षेत्रहरूमा पनि ‘हिटवेभ’ जस्तो स्थिति बन्ने आशंका बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण बाढी, आँधि र लुबाट मृत्यु हुनेको संख्या वर्षेनी वृद्धि हुँदै गइरहेको छ ।
अमेरिकाको मौसम विभागकाअनुसार ओरेगनकाे पोर्टल्यान्डमा शनिबार ४२ डिग्री तापक्रम मापन गरिएको थियो । ओरेगनमा सन् १९६५ र १९८१ मा सबैभन्दा धेरै ४१ दशमवल ७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
गर्मी अत्यधिक भएपछि ओरेगन र वाशिंटनका स्टोरहरूमा एयर कन्डिशनर र पंखाहरूको अभाव भएको छ, अस्पतालहरूले खुला केन्द्रहरूमा खाेप लगाउन बन्द गरेका छन्, सहरमा धेरै कुलिङ सेन्टरहरू खोलिएका छन् र धेरै खेलहरू पनि खेल रोकिएका छन् ।
तस्बिरहरू





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij