Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रिगललाई आममाफी दिने सरकारको निर्णयविरूद्धको फैसला हुँदै 

रिगललाई आममाफी दिने सरकारको निर्णयविरूद्धको फैसला हुँदै 

  • 182
    SHARES
  • रिगललाई आममाफी दिने सरकारको निर्णयविरूद्धको फैसला हुँदै 

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ ।

    बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ ।

    संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए । ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij