Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रिगलको कैद मिनाहा बदर 

रिगलको कैद मिनाहा बदर 

  • 352
    SHARES
  • रिगलको कैद मिनाहा बदर 

    काठमाडौं । राष्ट्रपतिले संविधान दिवसको दिन रिगल भन्ने योगराज ढकालको कैद मिनाहा गरेको निर्णय सर्वाेच्च अदालतकाे आदेशबाट उल्टिएको छ । 

    कैद मिनाहाको निर्णय उपर परेको रिटमाथि सुनवाई गर्दै बिहीबार सर्वाेच्च अदालतले बदर गर्ने आदेश दिएको हो । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले ढकालको कैद मिनाह गर्ने निर्णयलाई बदर गर्ने आदेश दिएका हुन् । 

    अदालतको आदेशमा योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने उल्लेख छ ।

    रिगलले २०७२ असार २८ गते नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेबापत् तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएर कारागारमा थिए । उनले संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर छुटेका थिए । उनी छटेपछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा दायर गरेको रिटमा सर्वाेच्चले आज आदेश जारी गरेको हो । 

  • सम्बन्धित विषय:

  • # रिगल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij