Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

  • 180
    SHARES
  • शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक छ : मन्त्री शर्मा

    दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छन । घोराही उपमहानगरपालिका-११ जीतपुरस्थित सहिद परिवारसंघ आज भएको भेटमा उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने बताएकी हुन ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको उनको भनाइ थियो ।

    मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि महत्वपूर्ण रहेको बताइन् । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भइरहेको बताउँदै उनले यसका लागि सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरिन् ।

    अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हल गरी नेपालमा स्थायी शान्ति स्थापना गर्नुपर्नेमा जोड दिइन् ।

    शर्माले सरकारले पहिलोपटक सहिदका नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा सम्मान भएको धारणा राखिन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिइने बताइन् ।

    भेटमा सहिद परिवारले गाउँको बाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्ति एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij